कुलमानलाई बर्खास्त गरेकोमा रविको साङ्केतिक विरोध : बिजुली निभाए, मैनबत्ती बाले (भिडिओ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साङ्केतिक विरोध जनाएका छन् । सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले विरोधस्वरुप बलिरहेको बिजुली बत्ती निभाएर अन्धकार बनाइ केही छिनमा मैनबत्ती बालेका छन् । उनले लाइभमा […]

Mar 25, 2025 - 03:35
 0
कुलमानलाई बर्खास्त गरेकोमा रविको साङ्केतिक विरोध : बिजुली निभाए, मैनबत्ती बाले (भिडिओ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साङ्केतिक विरोध जनाएका छन् ।

सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले विरोधस्वरुप बलिरहेको बिजुली बत्ती निभाएर अन्धकार बनाइ केही छिनमा मैनबत्ती बालेका छन् । उनले लाइभमा केही पनि बोलेका छैनन् । लाइभको क्याप्सनमा भने उनले लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’

उनले घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्नेतर्फ सङ्केत गर्दै बिजुली बत्ती निभाएको बुझ्न सकिन्छ ।

सहकारी ठगीको मुद्दा खेपिरहेका लामिछाने करिब पाँच महिनापछि फेसबुकमा फर्किएका हुन् ।

सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।

हेरौं भिडिओ :

कुलमान बर्खास्त प्रकरण : सत्ता गबठबन्धनबाटै निन्दा, प्रतिपक्षीबाट विरोध

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register