सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं। दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका-२ बस्ने ४२ वर्षीया निरा सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा […]

Feb 9, 2025 - 08:26
 0
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं।

दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका-२ बस्ने ४२ वर्षीया निरा सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सडकमा बा.प्र.०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बा.प्र. ०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २१ वर्षीय राजन कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बा.७१ प १४७१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, सुरुङ्‍गा नगरपालिका-१ सिसुबारीस्थित सडकमा म. प्र.०१-००५ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिराहा लाहान नगरपालिका-५ बस्ने २२ वर्षीय सलाम सेकको मृत्यु भएको छ । दुर्घटनाम गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-६ बैदामस्थित सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका-८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र.-३-०१-०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register