‘मटिल्डा’ : एक असाधारण बालिकाको कथा (तस्वीरहरू)

काठमाडौं । बेलायतका चर्चित लेखक रोआल्ड डाह्लको चर्चित बाल साहित्य मटिल्डामा आधारित नाटक ’मटिल्डा’को मञ्चन थापागाउँस्थित मण्डला थिएटरमा माघ २८ गतेदेखिसुरु भएको छ । वेल्समा जन्मिएका रोआल्ड बाल साहित्य, कथा र पटकथा लेखनमा प्रसिद्ध छन् । डाह्लको सन् १९८८ मा प्रकाशित यस बाल उपन्यासलाई आधार बनाएर पहिलोपल्ट सन् १९९६ मा चलचित्र बनाइएको थियो । समयसँगै […]

Feb 12, 2025 - 01:03
 0
‘मटिल्डा’ : एक असाधारण बालिकाको कथा (तस्वीरहरू)

काठमाडौं । बेलायतका चर्चित लेखक रोआल्ड डाह्लको चर्चित बाल साहित्य मटिल्डामा आधारित नाटक ’मटिल्डा’को मञ्चन थापागाउँस्थित मण्डला थिएटरमा माघ २८ गतेदेखिसुरु भएको छ । वेल्समा जन्मिएका रोआल्ड बाल साहित्य, कथा र पटकथा लेखनमा प्रसिद्ध छन् ।

डाह्लको सन् १९८८ मा प्रकाशित यस बाल उपन्यासलाई आधार बनाएर पहिलोपल्ट सन् १९९६ मा चलचित्र बनाइएको थियो । समयसँगै सन् २०१० मा यसलाई नाटकको रुपमा मञ्चन गरियो ।

नाटकमा एक बुद्धिमान बालिका मटिल्डाको संघर्ष र विजयको कथा देखाइएको छ । जहाँ उनलाई असाधारण बालिकाको रुपमा प्रस्तुत गरिएको छ ।

आफ्ना अभिभावक र विद्यालयबाट उपेक्षित मटिल्डाले आफ्नो बौद्धिक क्षमता र ’टेलिकिनेटिक’ शक्तिको प्रयोग गरी अन्यायको सामना गर्दै मिस हनी जस्ती शिक्षिकाको सहयोगमा एक नयाँ जीवन पाउँछिन् ।

बाल साहित्यको क्षेत्रमा मटिल्डा एउटा कालजयी र प्रेरणादायक कथा बनेको छ, जसले बालबालिकालाई अन्यायविरुद्ध लड्ने आत्मबल प्रदान गर्दछ ।

मल्टिडा मूलरुपमा अङ्ग्रेजीमा लेखिएको बाल साहित्य हाे । तर लोकप्रियता बढेसँगै यसलाई हालसम्म ५० भन्दा बढी भाषामा अनुवाद गरिएको छ ।

अङ्ग्रेजी भाषाको यस नाटकलाई इम्पेरियल वल्र्ड स्कूलले नेपालमा मञ्चन सुरु गरेको हो । रङ्गकर्मी टंक चौलागाईंको परिकल्पना तथा निर्देशनमा बनेको यस नाटकको मुख्य भुमिकामा निधि धमला, श्रीयशी गौतम, श्रीजा खनाल, कुशल लामा, दीपाशा गुरुङ लगायतका विद्यार्थीले अभिनय गरेका छन् ।

नाटक यहीँ फागुन १ गतेसम्म हरेक साँझ ५ बजे मञ्चन हुनेछ ।

हेरौँ तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register