परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेट, विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मुराइखी र राणाबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै […]

Feb 16, 2025 - 09:09
 0
परराष्ट्रमन्त्री राणा र कतारी विदेश राज्यमन्त्रीबीच भेट, विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मुराइखी र राणाबीच आज साइडलाइन भेट भएको हो ।

सो भेटका क्रममा नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री  राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी छन् । मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छन् ।

केही समयअघि पनि मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत बर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै  आएकी छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register