सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना

काठमाडौं । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले तीन पटक बोल्न आग्रह गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बोलिनन् । बैठकको शून्य समयमा बोल्न श्रेष्ठले नाम टिपाएकी थिइन् । एमाले सांसद सुनिता बरालपछि श्रेष्ठले बोल्न समय तय भएको थियो । बरालको भनाइ सकिएपछि सभामुख घिमिरेले श्रेष्ठ बोल्न समय दिए । तर, श्रेष्ठ […]

Feb 18, 2025 - 09:36
 0
सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना

काठमाडौं । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले तीन पटक बोल्न आग्रह गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बोलिनन् ।

बैठकको शून्य समयमा बोल्न श्रेष्ठले नाम टिपाएकी थिइन् ।

एमाले सांसद सुनिता बरालपछि श्रेष्ठले बोल्न समय तय भएको थियो । बरालको भनाइ सकिएपछि सभामुख घिमिरेले श्रेष्ठ बोल्न समय दिए ।

तर, श्रेष्ठ भने बोलिनन् । सभामुखले आफ्ना भनाइ राख्न तीन पटक “माननीय सुमना श्रेष्ठ” भन्दै आग्रह गरे, तर उनी बोलिनन् ।

उनले कुनै प्रतिक्रिया नदिएपछि सभामुखले माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिएका थिए ।

यसअघि सोमबारको बैठकमा श्रेष्ठले बोल्न समय माग्दा नपाएपछि बैठक छाडेर बाहिरिएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register