वरिष्ठ पत्रकार भैरव रिसालको निधन

झापा, २५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ उनको ९७ वर्षको उमेरमा गएराति निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले [...] The post वरिष्ठ पत्रकार भैरव रिसालको निधन appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:28
 0
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

झापा, २५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ उनको ९७ वर्षको उमेरमा गएराति निधन भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । त्यही भएर उनको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ । वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

२०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउँथे । त्यस्तै रेडियो सगरमाथामा लामो समयसम्म ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला पनि सञ्चालन गरेका थिए ।वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमचुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए ।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति ९रासस० मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् ।

रिसालले ९७औँ जन्मदिनका अवसरमा गएको साउनमा ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गरेका थिए ।

The post वरिष्ठ पत्रकार भैरव रिसालको निधन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register