माओवादी केन्द्रले भन्यो – ओडिसा घटनामा सरकार बेखबर बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतको ओडिसा राज्यमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनामा सरकारले प्रभावकारी पहलकदमी चाल्न नसकेको बताएको छ । शुक्रबार पार्टीको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले यस्तो बताएका हुन् । विदेशमा नेपालीमाथि हुने विभिन्न ज्यादतीको घटनामा सरकार बेखबर बनेको सापकोटा बताउँछन् । “ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटना निकै दु:खद् छ । […]

Feb 21, 2025 - 10:14
 0
माओवादी केन्द्रले भन्यो – ओडिसा घटनामा सरकार बेखबर बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतको ओडिसा राज्यमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनामा सरकारले प्रभावकारी पहलकदमी चाल्न नसकेको बताएको छ ।

शुक्रबार पार्टीको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले यस्तो बताएका हुन् । विदेशमा नेपालीमाथि हुने विभिन्न ज्यादतीको घटनामा सरकार बेखबर बनेको सापकोटा बताउँछन् ।

“ओडिसामा नेपाली विद्यार्थीमाथि भएको घटना निकै दु:खद् छ । यस्तो घटना इतिहासमै पहिलो पटक भएको हो । तर, सरकारले प्रभावकारी पहलकदमी चाल्न सकेन । विदेशमा नेपालीहरुमाथि भइरहेको ज्यादतीमा पनि नेपाल सरकार बेखबर बन्यो ।” उनले भने ।

बरु, सरकार विचौलिया, व्यापारीलाई सहयोग हुने हिसाबले आफ्नो कामकारबाहीतर्फ लागेको माओवादीको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register