भारतमा पढ्ने कूल नेपाली विद्यार्थीबारे सरकार नै बेखबर, यस्तो छ एनओसी लिने विद्यार्थीको आँकडा
काठमाडौं । वैदेशिक अध्ययनका लागि भारत जाने नेपाली विद्यार्थीहरू कति होलान् ? विडम्बना नै भन्नुपर्छ, त्यसको लेखाजोखा नेपाल सरकारसँग पनि छैन । उडिशा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’ सँगै नेपाली विद्यार्थीहरूलाई निकालिएको घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको खोजी सुरु भएको छ । केआईआईटीमा मात्रै १५०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको भनिए पनि भारतमा अध्ययन गर्ने कूल नेपाली विद्यार्थीको सङ्ख्या बारे राज्य बेखबर छ । ...

What's Your Reaction?






