कम्युनिष्ट आन्दोलनका अग्रज अधिकारी र निरौलालाई प्रचण्डको सम्मान

काठमाडौ‌। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरेका छन् । माओवादीले आजदेखि शुरु गर्न लागेको माओवादी तराई मधेस जागरण अभियानका लागि झापा पुगेका प्रचण्डले अधिकारी र निरौलालाई सम्मान गरेका हुन् । यस अवसरमा उनले हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने […]

Feb 24, 2025 - 07:42
 0
कम्युनिष्ट आन्दोलनका अग्रज अधिकारी र निरौलालाई प्रचण्डको सम्मान

काठमाडौ‌।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरेका छन् ।

माओवादीले आजदेखि शुरु गर्न लागेको माओवादी तराई मधेस जागरण अभियानका लागि झापा पुगेका प्रचण्डले अधिकारी र निरौलालाई सम्मान गरेका हुन् ।

यस अवसरमा उनले हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउनु जरूरी रहेको बताए ।

माओवादीले आजदेखि झापाको कचनकवलदेखि तराई मधेस जागरण अभियान शुरु गर्दै छ ।  


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register