एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका […]

Feb 25, 2025 - 11:50
 0
एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए ।

मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि आजै भएको पहिलो खेलमा एपीएफलाई पराजित गर्दै सङ्कटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register