इस्तानबुल पुगेर भेटे रुस र अमेरिकाका कूटनीतिज्ञहरूले

एजेन्सी । रुसी र अमेरिकी अधिकारीहरुबीच बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ । दुई देशबीचको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमा रूसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रूस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता भएको हो […]

Feb 27, 2025 - 12:28
 0
इस्तानबुल पुगेर भेटे रुस र अमेरिकाका कूटनीतिज्ञहरूले

एजेन्सी । रुसी र अमेरिकी अधिकारीहरुबीच बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ । दुई देशबीचको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमा रूसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रूस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता भएको हो । वार्तामा दुबै पक्षको कूटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय दिइएको छैन । रुसको सरकारी तास एजेन्सीले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्ध लाई पुनस्र्थापित गर्ने प्रयास गरेका छन् । उनले रूसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीहरूसँग तीन वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता सुरु गर्ने पहल थालेका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो ।

मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसङ्घमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो । इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो । नेटो सदस्य टर्कीएले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ र टर्कीएले सन् २०२२ मार्चमा मस्को र किएभबीच दुई पटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register