भद्रपुर झापा गोल्डकपको उपाधिमाथि भद्रपुर ब्लेजर्सको कब्जा

भद्रपुर, १६ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ । मेची रंगशालामा आज भएको फाइनल खेलमा झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएको भने उपविजेतामा झापा ११ ले नगद ७ लाख [...] The post भद्रपुर झापा गोल्डकपको उपाधिमाथि भद्रपुर ब्लेजर्सको कब्जा appeared first on Jhapa Online.

Feb 28, 2025 - 11:59
 0
भद्रपुर झापा गोल्डकपको उपाधिमाथि भद्रपुर ब्लेजर्सको कब्जा

भद्रपुर, १६ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ ।

मेची रंगशालामा आज भएको फाइनल खेलमा झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएको भने उपविजेतामा झापा ११ ले नगद ७ लाख पाएको छ ।

भद्रपुर ब्लेजर्सले खेलको ३० औं मिनेटमा अग्रता लियो थियो । डिबक्स बाहिरबाट मिलन राईको सट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भद्रपुरका सत्यम शर्माले अतिरिक्त समयमा गोल गर्दै जीत निश्चित बनाए ।

The post भद्रपुर झापा गोल्डकपको उपाधिमाथि भद्रपुर ब्लेजर्सको कब्जा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register