राप्रपा नेपालले गर्‍यो पारसको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले पूर्वयुवराज पारस शाहको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शाहको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । यस्तै, बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सकारात्मक रूपमा लिन आग्रह गरेको छ । बैठकको निर्णयमा भनिएको छ, “राजा […]

Mar 3, 2025 - 11:57
 0
राप्रपा नेपालले गर्‍यो पारसको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले पूर्वयुवराज पारस शाहको स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शाहको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । यस्तै, बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सकारात्मक रूपमा लिन आग्रह गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ, “राजा र जनता मिलेर काम गरौँ भन्ने मनसाय सहितको सन्देशलाई सकारात्मक रूपमा लिन राप्रपा नेपाल सबैलाई आव्हान गर्दछ  । राजनीतिक प्रणालीमा आमुल सुधार गर्नेबारे गम्भीर भएर सोच्न समेत सबैमा अनुरोध छ ।”

समान विचारधारा भएका हिन्दुवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूबीच एकता कायम गरी पूर्व राजालाई साथ र सहयोग गर्नुपर्ने राप्रपा नेपालको निष्कर्ष छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register