जल, सरसफाइ र फोहोर व्यवस्थापनमा नेपाल-भारतबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत र नेपालबीच जल, सरसफाइ र स्वच्छता  क्षेत्रमा सहयोग सुदृढ पार्ने उद्देश्यले  एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार भारतका  जल शक्ति मन्त्री  सी आर पाटिल र नेपालका  खानेपानी मन्त्री प्रदिप यादवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  समझदारी पत्रले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। समझदारी पत्र […]

Mar 3, 2025 - 16:33
 0
जल, सरसफाइ र फोहोर व्यवस्थापनमा नेपाल-भारतबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत र नेपालबीच जल, सरसफाइ र स्वच्छता  क्षेत्रमा सहयोग सुदृढ पार्ने उद्देश्यले  एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार भारतका  जल शक्ति मन्त्री  सी आर पाटिल र नेपालका  खानेपानी मन्त्री प्रदिप यादवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  समझदारी पत्रले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

समझदारी पत्र अनुसार  दुई देशले फोहोरमैला व्यवस्थापन, पानी संरक्षण, सरसफाइ र स्वच्छता सम्बन्धी संयुक्त प्रयासहरूलाई बढावा दिनेछन्। यसले दुवै देशका नागरिकहरूको जीवनस्तर सुधार गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत पुग्ने विस्वास गरिएको छ ।

हस्ताक्षर समारोहमा बोल्दै भारतीय  मन्त्री  पाटिलले समझदारी पत्र दुई देशबीचको मित्रता र सहकार्यको प्रतीक भएको बताए । उनले भारत नेपालसँग जल, सरसफाइ र स्वच्छता क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताए।

मन्त्री यादवले  समझदारी पत्र नेपालको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै यसले नेपालको जल, सरसफाइ र स्वच्छता क्षेत्रको विकासमा  योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यी पहलले पानी संरक्षण, सरसफाइ र फोहोर व्यवस्थापन तर्फका संयुक्त प्रयासहरूलाई बढावा दिन मद्दत गर्ने बताइएको छ। समझदारी पत्रले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र दुवै देशका नागरिकको हितमा काम गर्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register