गाजाबाट इजरायलमा दुईवटा रकेट प्रहार

जेरुसेलम । इजरायल रक्षा बल (आईडीएफ)ले बुधबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दुईवटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ । सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । […]

Mar 26, 2025 - 15:41
 0
गाजाबाट इजरायलमा दुईवटा रकेट प्रहार

जेरुसेलम । इजरायल रक्षा बल (आईडीएफ)ले बुधबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दुईवटा रकेट प्रहार भएको जनाएको छ ।

रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आईडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे)को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरूविरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृङ्खला’ प्रहार गरेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register