नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनीत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधवार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । एक दशक बढी समय देखि महासंघमा योगदान दिएका […]

Mar 12, 2025 - 11:42
 0
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनीत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधवार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् ।

एक दशक बढी समय देखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् ।

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद  रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register