समृद्धि फाइनान्सबाट लोहनी बाहिरिए, गोर्खा फाइनान्समा रहँदा ‘विवादित’ बनेका घिमिरे अबको सिइओ 

काठमाडौँ । समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिका निधि लोहनी फाइनान्सबाट बाहिरिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनी फाइनान्सबाट बाहिरिएका हुन् । लोहनीले फाइनान्समा बुझाएको राजिनामा कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिसकेको छ ।  राजिनामा दिएर सिइओ लोहनी फाइनान्सबाट बाहिरिएसँगै सञ्चालक समितिले फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेललाई कायममुकायम सिइओ […]

Mar 14, 2025 - 07:26
 0
समृद्धि फाइनान्सबाट लोहनी बाहिरिए, गोर्खा फाइनान्समा रहँदा ‘विवादित’ बनेका घिमिरे अबको सिइओ 

काठमाडौँ । समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिका निधि लोहनी फाइनान्सबाट बाहिरिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनी फाइनान्सबाट बाहिरिएका हुन् ।

लोहनीले फाइनान्समा बुझाएको राजिनामा कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिसकेको छ । 

राजिनामा दिएर सिइओ लोहनी फाइनान्सबाट बाहिरिएसँगै सञ्चालक समितिले फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेललाई कायममुकायम सिइओ नियुक्त गरेको छ । उनले आगामी एक महिना (चैतभर) सिइओको जिम्मेवारी सम्हाल्नेछन् । 

त्यसपश्चात् भने सिइओको जिम्मेवारी सन्तोषकुमार घिमिरेले सम्हाल्नेछन् । घिमिरेलाई फाइनान्सको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी गोर्खा फाइनान्समा हुँदा विवादित बनेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register