आर्मीको लगातार चौथो जित, तृतको शतक
तृत ११२ रनमा अविजित रहँदा बसिर अहमद ६१ रनमा अविजित रहे ।

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा आर्मीले कोशीलाई ७ विकेटले पराजित गरेको हो ।
२३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका लागि तृत राज दासले शतकीय र बसिर अहमदले अर्धशतकीय पारी खेले ।
तृत ११२ रनमा अविजित रहँदा बसिर अहमद ६१ रनमा अविजित रहे । तृतले १३९ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै ११२ रनको योगदान गर्न सफल भए ।
बसिरले ६२ बल सामना गर्दै ६ चौका प्रहार गरे ।
तृतको शतक जारी प्रतियोगिताको दोस्रो शतक हो । यसअघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना गण्डकीविरुद्ध १२१ रनमा अविजित थिए ।
कोशीका लागि भने सन्दीप ढुङ्गाना, भुपाल लुइँटेल र प्रकाश कार्कीले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा २३० रनमा अलआउट भएको थियो ।
कोशीका लागि सुभन गहतराजले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ७ चौका प्रहार गरे । सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाए ।
आर्मीका लागि सोमपाल कामीले ४ विकेट लिए । आकाश चन्द तथा साहाब आलमले २–२ तथा कुशल मल्ले १ विकेट लिए ।
What's Your Reaction?






