नियामक निरीह हुँदा इन्टरनेटमा मनोमानी: साना कम्पनी संकटमा, उपभोक्ता ठगिने खतरा
काठमाडौं । ‘१५० रुपैँयामै पाइन थाल्यो वाईफाई, इन्टरनेट कम्पनीहरूको लुटधन्धा अब बन्द होला ?’ शीर्षकमा डेढ वर्षअघि केही अनलाइन मिडियाले एकैखाले समाचार प्रकाशित गरे । यति सस्तोमै इन्टरनेट पाइने कुराले सामाजिक सञ्जालमा तरङ्ग ल्यायो । सुपर भिजन नेटवर्क कम्पनीका सञ्चालक विनोद अग्रहरीको एक पक्षीय कुरालाई आधार मान्दै बनाइएको सामग्री सामाजिक सञ्जालमा भाइरल भयो । ‘नेपालमा लुटको जालो च्यात्दैछु’ भन्ने उनै अग्रवालले गैरकानुनी रूपमा इन्टरनेट दिएको फेला पर्‍यो । उनको कम्पनीले इन्टरनेट सेवा सञ्चालनका लागि अनु...

What's Your Reaction?






