पुलिस १६० रनमा अलआउट, प्रधानमन्त्री कपमा आरिफको १ हजार रन पूरा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशविरुद्ध नेपाल पुलिस क्लब १६० रनमा अलआउट भएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४७ ओभरमा १६० रन बनाएर अलआउट भएको हो । यससँगै जितका लागि सुदूरपश्चिमले १६१ रनको लक्ष्य पाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४२ र आरिफ शेखले ४० रन बनाए […]

Mar 17, 2025 - 06:47
 0
पुलिस १६० रनमा अलआउट, प्रधानमन्त्री कपमा आरिफको १ हजार रन पूरा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशविरुद्ध नेपाल पुलिस क्लब १६० रनमा अलआउट भएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४७ ओभरमा १६० रन बनाएर अलआउट भएको हो । यससँगै जितका लागि सुदूरपश्चिमले १६१ रनको लक्ष्य पाएको छ ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४२ र आरिफ शेखले ४० रन बनाए । यससँगै आरिफ प्रधानमन्त्री कपमा १००० रन पूरा गर्ने छैटौं खेलाडी बनेका छन् ।

प्रधानमन्त्री कपमा उनले ४३ खेलमा आफ्नो १०३३ रन बनाए । यसअघि विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, आसिफ शेख र रोहितकुमार पौडेलले १००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् ।

सुदूरपश्चिमका लागि भने सौर्य श्रेष्ठले ४ विकेट लिए । भोजराज भट्टले ३ तथा शेर मल्लले २ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register