१ लाख ३० हजारले चढे धरहरा, उठ्यो २ करोड ३७ लाख राजस्व

काठमाडौँ । धरहरा चढ्नेहरुबाट हालसम्म २ करोड बढी राजस्व संकलन भएको छ ।  गत असोजदेखि सञ्चालनमा आएको धरहरा चढ्नेहरुबाट हालसम्म २ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो । धरहरा असोजदेखि सञ्चालनमा आए पनि धरहरा चढेको शुल्क मंसिर ९ गतेदेखि लिन थालिएको हो । त्यसअघि धरहरा निःशुल्क चढ्न पाइने व्यवस्था गरिएको थियो । हाल […]

Mar 19, 2025 - 04:47
 0
१ लाख ३० हजारले चढे धरहरा, उठ्यो २ करोड ३७ लाख राजस्व

काठमाडौँ । धरहरा चढ्नेहरुबाट हालसम्म २ करोड बढी राजस्व संकलन भएको छ । 

गत असोजदेखि सञ्चालनमा आएको धरहरा चढ्नेहरुबाट हालसम्म २ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो । धरहरा असोजदेखि सञ्चालनमा आए पनि धरहरा चढेको शुल्क मंसिर ९ गतेदेखि लिन थालिएको हो ।

त्यसअघि धरहरा निःशुल्क चढ्न पाइने व्यवस्था गरिएको थियो । हाल धरहरा चढ्न १० वर्षभन्दा माथिका नागरिकले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ । ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिका लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

त्यस्तै, विदेशी नागरिकको हकमा सार्क राष्ट्रका पर्यटकलाई ५ सय रुपैयाँ र सार्क बाहिरका पर्यटकका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । धरहरा सञ्चालनमा आएयता १ लाख ३० हजार जना धरहरा चढेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register