सङ्ग्रौलामाथि छानबिन गर्न नयाँ समिति बनाउन विद्यार्थीको माग

काठमाडौं। काठमाडौं स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलामाथि छानबिन गर्नका लागि नयाँ समिति बनाउन माग गरेका छन् । केएसएलले ३ चैतमा पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराई, अधिवक्ता सीमा धामी र पत्रकार तीर्थ कोइराला सहितको एउटा छानबिन समिति बनाएको थियो । संग्रौलाले कलेजमा पढाउने क्रममा विद्यार्थीहरूमाथि यौन दुव्र्यवहार, भेदभावपूर्ण व्यवहार र […]

Mar 19, 2025 - 06:56
 0
सङ्ग्रौलामाथि छानबिन गर्न नयाँ समिति बनाउन विद्यार्थीको माग

काठमाडौं। काठमाडौं स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलामाथि छानबिन गर्नका लागि नयाँ समिति बनाउन माग गरेका छन् ।

केएसएलले ३ चैतमा पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराई, अधिवक्ता सीमा धामी र पत्रकार तीर्थ कोइराला सहितको एउटा छानबिन समिति बनाएको थियो ।

संग्रौलाले कलेजमा पढाउने क्रममा विद्यार्थीहरूमाथि यौन दुव्र्यवहार, भेदभावपूर्ण व्यवहार र धक्कि दिने गरेको विद्यार्थीको आरोप छ ।

केएसएलका पूर्वविद्यार्थीहरुले अहिले बनाइएको छानिबन समिति विघटन गरेर नयाँ समिति बनाउन माग गरेका छन् ।

समितिमा राखिएकी अधिवक्ता सीमा धामीले सामाजिक सञ्जालमा सङ्ग्रौलाको समर्थनमा स्टाटस लेखेको हुँदा समितिले निष्पक्ष निर्णय गर्न नसक्ने विद्यार्थीहरूले बताएका छन् ।

पूर्वविद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै पनि गम्भीर आरोपहरूको अनुसन्धान गर्ने समितिहरू स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । तर, यस समितिका सदस्यहरूले प्राध्यापक युवराज सङ्ग्रौलाप्रति व्यक्तिगत निष्ठा देखाएका छन् । त्यस्तै, तीर्थ कोइराला प्रा. सङ्ग्रौलाका निकट भएको व्यापक, जसका कारण हामी उनको निष्पक्षताप्रति विश्वस्त छैनौं ।’

यसबाहेक समितिमा राखिएका पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराईमाथि पनि पूर्वविद्यार्थीहरूले प्रश्न उठाएका छन । बहुविवाह गरेका भट्टराईले मुद्धामामिलाबाट जोगिन न्यायाधीश पदबाट राजीनामा दिएर पहिलो श्रीमीतीसँग सम्बन्ध विच्छेद गरेका थिए ।

केएसलका विद्यार्थीको विज्ञप्ति :

‘शैक्षिक संस्थामा दुर्व्यवहार, दुरुपयोग, हिङ्सा र भेदभावजस्ता गम्भीर विषयहरूको अनुसन्धान गर्न उच्च नैतिक मूल्यमान्यता भएका व्यक्ति चाहिन्छ । तर, समितिका सदस्य डा. श्रीकृष्ण भट्टराईलाई मिडियाले आफ्नै पत्नी र छोराछोरीमाथि अमानवीय व्यवहार गरेको भनेर रिपोर्ट गरिसकेको छ । यस्तो व्यक्तिलाई महिला, LGBTQI समुदाय, र अल्पसंख्यकहरूसँग सम्बन्धित अनुसन्धानको नेतृत्व गर्न उचित मान्न सकिँदैन,’ पूर्वविद्यार्थीहरूले भनेका छन ।

यसबाहेक अनुसन्धान समितिका सदस्यहरूले पीडितहरूले उठाएका विषय, नयाँ पुस्ताको भाषा, विचार, र सामाजिक मूल्य र आधुनिक दृष्टिकोण बुझ्न नसक्ने पूर्वविद्यार्थीहरूको भनाइ छ ।

गम्भीर दुर्व्यवहार, पदीय दुरुपयोग, हिङ्सा र भेदभावका आरोपहरू आएपछिसमेत केएसएलले औपचारिक रुपमा माफी नमागेको भन्दै पूर्वविद्यार्थीहरूले भनेका छन, ‘हजारौं विद्याथीले स्नातक गरे पनि केएसएल व्यवस्थापनमा कुनै सुधार देखिँदैन, बरु निरन्तर नयाँ पुस्ताका विद्याथीहरू उही प्रकारका उत्पीडनको शिकार भइरहेका छन् ।’

पूर्वविद्यार्थीहरुले ८ चैतसम्म नयाँ छानबिन समिति बनाउन माग गरेका छन् । नयाँ बन्ने छानबिन समीतिका सदस्यहरू स्वतन्त्र हुनुपर्ने विद्यार्थीको माग छ । विद्यार्थीहरूले भनेका छन्, ‘अनुसन्धान समिति पारदर्शी प्रक्रियामार्फत चयन गरिनुपर्छ, जसमा प्रा. युवराज सङ्ग्रौलासँग कुनै पूर्वाग्रह वा सम्बन्ध नराख्ने सदस्यहरू मात्र हुनुपर्छ ।’

उनीहरूले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगजस्ता निकायका प्रतिनिधिलाई छानबिन समितिमा राख्न माग गरेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register