चिटिक्क बन्यो भद्रपुर भन्सार

भद्रपुर, ८ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर भन्सार यतिबेला चिटिक्क बनेको छ । यसअघि फोहोरसँगै झाडी बनेको भद्रपुर भन्सार परिसर अहिले सौन्दर्यकरण गरिएसँगै चिटिक्क बनेको हो । भन्सार परिसरमा भद्रपुर वडा नं. ५ ले आकर्षक सात वटा फलैंचा निर्माण गरिदिएको छ भने भन्सारको आन्तरिक स्रोतबाट आकर्षक ‘मिनी गार्डेन’ बनाइएको कार्यालयका प्रमुख भन्सार अधिकृत [...] The post चिटिक्क बन्यो भद्रपुर भन्सार appeared first on Jhapa Online.

Mar 21, 2025 - 04:38
 0
चिटिक्क बन्यो भद्रपुर भन्सार

भद्रपुर, ८ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर भन्सार यतिबेला चिटिक्क बनेको छ ।

यसअघि फोहोरसँगै झाडी बनेको भद्रपुर भन्सार परिसर अहिले सौन्दर्यकरण गरिएसँगै चिटिक्क बनेको हो । भन्सार परिसरमा भद्रपुर वडा नं. ५ ले आकर्षक सात वटा फलैंचा निर्माण गरिदिएको छ भने भन्सारको आन्तरिक स्रोतबाट आकर्षक ‘मिनी गार्डेन’ बनाइएको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुन सिटौलाले जानकारी दिनुभयो ।

“भुइँमा पेवर्स लगाएर रंगरोगनका साथै विभिन्न प्रजातिका फूलहरु लगाएका छौं”, उहाँले भन्नुभयो, “यसअघि पार्क भएको स्थानमा चोरी पैठारीमा प्रयोग भएका सवारी साधान र सामान राख्ने गरिएको थियो ।” वडासँग समन्वय गरेर भन्सारको आन्तरिक बजेटबाट करिब रू छ लाखको बजेटमा भन्सार परिसरलाई सौन्दर्यकरण गरिएको उहाँले बताउनुभयो ।

“मेची पुल सञ्चालनमा आएपछि यो नाकाबाट चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “भारतीय र आन्तरिक पर्यटकका लागि केही समय भए पनि अल्मलिने र फोटो खिच्ने ठाउँ भएको छ ।” भन्सार परिसरमा रहेको सबैभन्दा पूरानो मौलो मन्दिरको पनि जोर्णेद्वार गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, गाडी इन्ट्री र एक्जिटका लागि व्यवस्थित कोठा निर्माण गरिएको छ । चोरी पैठारीमा संलग्न भएका चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे गरी एक सय ५३ वटा सवारी सात वर्षपछि लिलाम गरिएको भन्सार प्रमुख सिटौलाले बताउनुभयो । जसबाट रू ५७ लाख राजवश्व समेत असुलउपर भएको छ ।

भद्रपुर–गलगलिया सीमा नाका जोड्ने मेची नदीमा पक्की पुल सञ्चालनमा आए लगत्तै सरकारले २०७५ भदौ १ गते छोटीबाट स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सार बनाएको थियो ।

भन्सार विभागले भद्रपुर भन्सारको स्तरोन्नति गरेसँगै नयाँ भौतिक संरचना निर्माणका लागि बाटोको उत्तरपट्टि एक सय चार वटा कित्ताको नौ बिघा जग्गा अधिग्रहण गरिएको छ । जमिन र घर–टहराको छुट्टाछुट्टै मूल्याङ्कन रू ६० करोड १३ लाख ८२ हजार चार सय तीन गरिएकोमा हाल रू तीन करोड रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । ऐलानी सहित करिब १० बिघा जग्गा भन्सारले अधिग्रहण गरेको छ ।

The post चिटिक्क बन्यो भद्रपुर भन्सार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register