जगदम्बा मोटर्सले भित्र्यायो ई मास ७

काठमाडौं। शङ्कर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियामा बनेको इभी प्रोटोन ई मास ७ (Proton e. MAS 7) नेपाली बजारमा भित्र्याएको छ। शुक्रवार साँझ हायात रिजेन्सीमा एक कार्यक्रमको आयोजना गरि उक्त गाडी सार्वजनिक गरिएको हो। प्रोटोन कम्पनीले यो गाडी पहिलो पटक १६ डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार मलेसियापछि पहिलो पटक यो गाडी […]

Mar 21, 2025 - 15:21
 0
जगदम्बा मोटर्सले भित्र्यायो ई मास ७

काठमाडौं। शङ्कर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियामा बनेको इभी प्रोटोन ई मास ७ (Proton e. MAS 7) नेपाली बजारमा भित्र्याएको छ।

शुक्रवार साँझ हायात रिजेन्सीमा एक कार्यक्रमको आयोजना गरि उक्त गाडी सार्वजनिक गरिएको हो।

प्रोटोन कम्पनीले यो गाडी पहिलो पटक १६ डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार मलेसियापछि पहिलो पटक यो गाडी नेपालमा लन्च गरिएको छ। यसपछि सिङ्गापुरमा लन्च गरिने कम्पनीले बताएको छ।

प्रोटोनको यो नयाँ इभीमा २० वटा विशेषता रहेको कम्पनीको दावी छ। गाडीमा भएको एरोडाइनेमिक डिजाइनले अधिक गतिमा पनि हावासँगको घर्षण कम हुने कम्पनीको दावी छ।

यो गाडीमा विद्युतीय शक्तिलाई ९०.०४% सम्म मेकानिकल शक्तिमा बदल्न सक्ने १६० किलोवाट पावर र ३२० एनएम टर्क भएको मोटर प्रयोग गरिएको छ।

ई मास ७ ले ६.९ सेकेन्डमा शून्य बाट १०० किमी सम्मको प्रती घण्टाको रफ्तार लिन सक्ने कम्पनीको दावी छ।

‘ब्लेड टाइप लिथुनियम आइरन फोस्पेट’ ब्याट्री प्रयोग गरिएको ले डिसी करेन्टमा २० मिनेट चार्ज गर्दा ३० देखि ८० प्रतिशत सम्म चार्ज हुने कम्पनीले बताएको छ। यो गाडी न्युनतम १० मिनेटको चार्जमा १३५ किमी सम्म गुड्ने छ।

यसमा ६ वटा एयरब्याग रहेका छन्। हाल दुई वटा भेरियन्टमध्ये ई मास ७ प्रीमियममा ६०.२२ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ। जस्ले ४१० किमी सम्म गुड्ने कम्पनीले बताएको छ। यसको बजार मूल्य ६७ लाख ९९ हजार छ।

यसैगरी ई मास ७ प्राइममा ४९.५२ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ। जसले ३४५ किमी सम्म गुड्न सकिन्छ। यो मोडेलको बजार मुल्य ५६ लाख ९९ हजार रहेको छ।

दुबै भेरियन्ट हाल ६ वटा रङ्ग मा बजारमा उपलब्ध छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register