‘मारवाडीका गुलामहरुले कुलमानको बली चढाए’- दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले मारवाडीका गुलामहरुले कुलमान घिसिङको बली चढाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् । ‘उद्योगीबाट विद्युत महशुल उठाउन लाग्दा मारवाडीका गुलामहरुले कुलमान जीको बली चढाए ।’, प्रसाईंले लेखेका छन् ।  त्यस्तै, प्रसाईंले अब यो व्यवस्था देश र जनताको पक्षमा नभएको भन्दै व्यवस्था नै […]

Mar 25, 2025 - 06:56
 0
‘मारवाडीका गुलामहरुले कुलमानको बली चढाए’- दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले मारवाडीका गुलामहरुले कुलमान घिसिङको बली चढाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।

‘उद्योगीबाट विद्युत महशुल उठाउन लाग्दा मारवाडीका गुलामहरुले कुलमान जीको बली चढाए ।’, प्रसाईंले लेखेका छन् । 

त्यस्तै, प्रसाईंले अब यो व्यवस्था देश र जनताको पक्षमा नभएको भन्दै व्यवस्था नै फाल्नुपर्ने अभिव्यक्ति दिएका छन् । त्यसका लागि उनले एकजुट हुन सबैलाई आग्रह गरेका छन् । 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने र कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयका विरुद्ध ठाउँठाउँमा प्रदर्शन भइरहेको छन् । काठमाडौँमा मंगलबार बिहान सरकारको निर्णयको विरोध गर्दै उर्जामन्त्री दीपक खड्काको पुत्लासमेत दहन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register