मिडिया हाउसहरुमा प्रेस चौतारीको अनुगमन

काठमाडाैं । नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा आयोजित विरोध सभामा सहभागी भएको घटनापछि हिजोको राजावादी आन्दोलनमा आक्रमणको शिकार भएका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट दैनिक, हिमालय टिभी र अनलाइन खबरको स्थलगत अनुगमन गर्न प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा टोली ती मिडिया हाउसहरूमा पुगेको छ। अध्यक्ष पाण्डे, उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी, महासचिव […]

Mar 29, 2025 - 10:24
 0
मिडिया हाउसहरुमा प्रेस चौतारीको अनुगमन

काठमाडाैं ।

नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा आयोजित विरोध सभामा सहभागी भएको घटनापछि हिजोको राजावादी आन्दोलनमा आक्रमणको शिकार भएका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट दैनिक, हिमालय टिभी र अनलाइन खबरको स्थलगत अनुगमन गर्न प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा टोली ती मिडिया हाउसहरूमा पुगेको छ।

अध्यक्ष पाण्डे, उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी, महासचिव हिरामान लामा सहितको टोलीले प्रेसमाथि हुने आक्रमणहरूलाई प्रेस चौतारी नेपालले अमान्य ठहर गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ। टोलीले साथीहरूको पीडामा चौतारीको काँधमा काँध, हातमा हात र साथमा साथ मिलाएर अघि बढ्ने प्रतिज्ञा गरेको छ।

नेपाल पत्रकार महासंघ, नेपाल सरकारका गृहमन्त्री र अन्य निकायहरूभन्दा पनि प्रेस चौतारी नेपालले सक्रियतासाथ मिडिया हाउसहरूमा पुगेर साथीहरूको समस्या बुझ्ने प्रयास गरेकोमा अध्यक्ष गणेश पाण्डेको पहललाई प्रशंसा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register