सांसद दीपक बोहराको निधन 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ ।  राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओम अस्पतालमा उपचारका क्रममा बोहोराको निधन भएको पुष्टि गरेका छन् ।  ७४ वर्षीय बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत […]

Apr 1, 2025 - 07:35
 0
सांसद दीपक बोहराको निधन 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओम अस्पतालमा उपचारका क्रममा बोहोराको निधन भएको पुष्टि गरेका छन् । 

७४ वर्षीय बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए ।

बोहोराको निधन लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, कमल थापालगायत नेताहरू अस्पताल पुगेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register