आईपीओ निष्कासनका बेलामा लेखा समिति घुसेको भन्दै व्यवसायीहरू असन्तुष्ट

काठमाडौं । आईपीओ जारी गर्नै लाग्दा प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले छानबिन गर्न उपसमिति बनाएपछि व्यवसायीहरू असन्तुष्ट बनेका छन् । गएको चैत ८ गते बसेको लेखा समिति बैठकले आईपीओ निष्कासन गर्न ठिक्क परेर बसेका कम्पनीहरूमाथि छानबिन गर्न उपसमिति बनाएको थियो । रिलाइन्स स्पिनिङ मिल्स, अन्नपूर्ण केबलकार, सर्वोत्तम सिमेन्ट लगायतको अनुसन्धानका लागि सांसद गोकुलप्रसाद बास्कोटाको नेतृत्वमा उपसमिति […]

Apr 2, 2025 - 12:49
 0
आईपीओ निष्कासनका बेलामा लेखा समिति घुसेको भन्दै व्यवसायीहरू असन्तुष्ट

काठमाडौं । आईपीओ जारी गर्नै लाग्दा प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले छानबिन गर्न उपसमिति बनाएपछि व्यवसायीहरू असन्तुष्ट बनेका छन् । गएको चैत ८ गते बसेको लेखा समिति बैठकले आईपीओ निष्कासन गर्न ठिक्क परेर बसेका कम्पनीहरूमाथि छानबिन गर्न उपसमिति बनाएको थियो ।

रिलाइन्स स्पिनिङ मिल्स, अन्नपूर्ण केबलकार, सर्वोत्तम सिमेन्ट लगायतको अनुसन्धानका लागि सांसद गोकुलप्रसाद बास्कोटाको नेतृत्वमा उपसमिति गठन गरेको छ । जसमा काँग्रेसका रामकृष्ण यादव र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन् ।

आफूहरूले आईपीओ निष्कासन गर्न सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकेको भन्दै व्यवसायीहरूले छानबिन समिति बनाएर अनावश्यक बखेडा झिकेको गुनासो छ । लेखा परीक्षक, रेटिङ कम्पनी, धितोपत्र बोर्ड लगायतका सम्बद्ध सबै नियामक निकायबाट स्वीकृत गराएको दाबी उनीहरूको छ ।

गत १७ गते नेपाल धागो उत्पादक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रलाई विभिन्न बाहानामा विभिन्न निकायबाट संकुिचत पारिनु उचित नरहेको स्पष्ट पारेको छ । यस्ता प्रयासले उद्योग मात्र बन्द हुने अवस्थामा नपुग्ने बरू यसक्षेत्रमा आश्रित कामदार र सरकारको राजस्वमानै गम्भीर असर पुग्ने सङ्घको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सीमित निर्यातमुखी उद्योगमध्येको अग्रणी धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि नै गम्भीर असर परेको सर्वविदितै छ । औद्योगिक क्षेत्रको अभिभावकीय जिम्मेवारीमा सरकार खरो उत्रियोस् ।’

धागो तथा कपडा उत्पादन गर्ने रिलायन्स स्पिनिङ मिल्सले असार २०८० मा बुक बिल्डिङ भनिने विधि अपनाएर आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

त्यही अनुसार, २०८० माघमा रिलायन्सले ४० प्रतिशत सेयर संस्थागत लगानीकर्तालाई अधिकतम ९१२ रुपैयाँमा बिक्री गरेको थियो । संस्थागत सेयरको १० प्रतिशत कम हुने गरी प्रति कित्ता ८२०.८० रुपैयाँका दरले आइपीओ निष्कासन गर्न सेबोनले अनुमति दिएको थियो ।

तर झुटो वित्तीय विवरणका आधारमा प्रिमियम मूल्यसमेत जोडेर आईपीओ निष्कासन गर्न लागेको भन्दै लेखा समितिमा उजुरी परेपछि धितोपत्र बोर्डले कम्पनीको आईपीओ निष्कासनमा रोक लगाएको थियो ।

उपसमितिमाथि व्यवसायीको आशंका

अनावश्यक लफडा झिकेको विषय मात्र होइन, छानबिन समितिमा रहेका सांसदहरूको नेतृत्वमाथि समेत व्यवसायीहरूले आशंका व्यक्त गरेका छन् । व्यवसायीहरूले समितिको संयोजक रहेका बास्कोटा आफैँ भ्रष्टाचारसम्बन्धी विवादमा मुछिएका व्यक्ति रहेको भन्दै प्रश्न उठाएका हुन् ।

लेखा समितिअन्तर्गतको उजुरी छनोट उपसमितिका सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंह भने समितिमा आएको उजुरीको आधारमा छानबिन प्रक्रिया अघि बढेको बताउँछन् ।

सिंहका अनुसार गएको चैत ८ गतेसम्म लेखा समितिमा एक सय उजुरी परेका थिए । तीमध्ये ४८ ओटा उजुरीमाथि छानबिन गर्ने निर्णय भएको थियो ।

नेपाली काँग्रेस सांसद सञ्जय गौतमको संयोजक रहेको उजुरी ‘स्क्रीनिङ्’ (छनोट) गर्ने उपसमितिमा रहेको छ । सोही उपसमितिले लेखा समितिमा प्रस्ताव लिएर गएपछि समितिको निर्णयपछि छानबिन गर्न उपसमिति बनाएको सिंह बताउँछन् ।

‘लेखा समिति भनेको के हो भन्ने कुरा सुरुमा बुझ्नु पर्छ । यसले सरकारले जसो-जसो भन्यो त्यसो गर्दैन । यो सार्वभौम छ’ सिंहले भने ‘सरकार वा सरकारी निकायले गरेको काम कारबाहीमाथि लेखा समितिले अनुसन्धान गर्छ । कसैलाई दुख दिने नियतले भन्ने हुँदैन, समितिमा परेका उजुरी माथि छानबिन हुने हो।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register