थाई व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार त्यहाँका वरिष्ठ व्यवसायीहरूसँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले बुधबार त्यहाँका राजा महा बजिरालोङकर्नसँग भेटवार्ता गरेका थिए । यसअघि नेपाल र थाइल्यान्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको थियो । दुई देशका सरकारी पक्षबीच दुईवटा […]

Apr 3, 2025 - 06:01
 0
थाई व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार त्यहाँका वरिष्ठ व्यवसायीहरूसँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले बुधबार त्यहाँका राजा महा बजिरालोङकर्नसँग भेटवार्ता गरेका थिए ।

यसअघि नेपाल र थाइल्यान्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको थियो ।

दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ थान शिनावात्राले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register