तोलामै एक लाख ८० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ८० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि मङ्गलबार सुन तोलामा १ लाख ७९ हजार […]

Apr 3, 2025 - 05:55
 0
तोलामै एक लाख ८० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ८० हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि मङ्गलबार सुन तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलमा २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register