चन्द्रगढी विमानस्थलबाट बोधीचित्तसहित एक जना पक्राउ

झापा, २३ फागुन । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बोधिचित्तको दाना र मालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका ८ बजे हवाइजहाज चढेर काठमाण्डौ जान लागेका काभ्रेपलान्चोक साविक ठुलोपर्साल गाविस वडा नं. ८ घर घई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका ५२ वर्षीय सानुबाबु तमाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले ल्याएको [...] The post चन्द्रगढी विमानस्थलबाट बोधीचित्तसहित एक जना पक्राउ appeared first on Jhapa Online.

Mar 7, 2025 - 11:07
 0
चन्द्रगढी विमानस्थलबाट बोधीचित्तसहित एक जना पक्राउ

झापा, २३ फागुन । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बोधिचित्तको दाना र मालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बेलुका ८ बजे हवाइजहाज चढेर काठमाण्डौ जान लागेका काभ्रेपलान्चोक साविक ठुलोपर्साल गाविस वडा नं. ८ घर घई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका ५२ वर्षीय सानुबाबु तमाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ल्याएको झोला तथा सुटकस विमानस्थल सुरक्षागार्डमा खटिएका प्रहरी कर्मचारीले चेकजाँच गर्ने क्रममा कागज पत्र र बिलबिनाको बोधीचित्तको माला ११० थान र बोधिचित्तको दाना १५ किलो बरामद गरिएकाले आवश्यक कारवाहिको लागिआज मानिस समेत डिविजन वन कार्यालय झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post चन्द्रगढी विमानस्थलबाट बोधीचित्तसहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register