नारायणी नदीमा डुवेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुवेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ। जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदीमा बेपत्ता भएका दुवै जनाको शव बुधबार सशस्त्र प्रहरीको गोताखोरले टोलीले निकालेको हो।

Apr 9, 2025 - 09:41
 0
नारायणी नदीमा डुवेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो
काठमाडौँ।

पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डुवेका दुई बालबालिकाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ। जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदीमा बेपत्ता भएका दुवै जनाको शव बुधबार सशस्त्र प्रहरीको गोताखोरले टोलीले निकालेको हो।

सोही ठाउँ बस्ने १३ वर्षिया दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा मंगलबार नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शब ३५ फिट गहिराईबाट बिहान ११:३० बजे  र दिक्षा सेर्पुञ्जाको शब  ५० फिट गहिराईबाट अपरान्ह १२:३० बजे निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register