पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
काठमाडौं । पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा आइतबार साँझ लेदोसहितको पहिरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो । लेदोका कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । यसले गर्दा पूर्व जाने र काठमाडौंं फर्किने सवारीसाधन र यात्रु अलपत्र परेका छन् । पहिरो […]

काठमाडौं । पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा आइतबार साँझ लेदोसहितको पहिरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो ।
लेदोका कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । यसले गर्दा पूर्व जाने र काठमाडौंं फर्किने सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।
पहिरो रोकिएपछि लेदो पन्छाउने काम सुरु हुने प्रहरीको भनाइ छ ।
What's Your Reaction?






