खेती योग्य जमिन बाँझो नराख्न किसानलाई आग्रह

कोकिला ढकालइलाम, ३ वैशाख । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जिविकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरूलाई सुुझाएको छ । वडाध्यक्ष नुतनदेव दुुलालले अहिले पानी परेर [...] The post खेती योग्य जमिन बाँझो नराख्न किसानलाई आग्रह appeared first on Jhapa Online.

Apr 16, 2025 - 10:14
 0
खेती योग्य जमिन बाँझो नराख्न किसानलाई आग्रह

कोकिला ढकाल
इलाम, ३ वैशाख ।
पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जिविकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरूलाई सुुझाएको छ ।

वडाध्यक्ष नुतनदेव दुुलालले अहिले पानी परेर जमिन राम्ररी भिजेकाले तरकारी, अन्नबाली र अन्य नगदेबाली लगाउन किसानहरूलाई आग्रह गरिरहेको बताउनुुभयो । ‘‘वडा कार्यालयले पनि विभिन्न समयमा सिजन अनुसारको तरकारी, फलफूल तथा अन्य बिरुवाहरूको वितरण गरिरहेको छ ।,’’ वडाध्यक्ष दुलालले भन्नुुभयो, ‘‘अन्य विभिन्न अनुदान र साझेदारीका कृषिसम्बन्धी कार्यक्रम समेत अघि सारेको छ । जस्ले वडावासी किसानहरूको आयआर्जनमा टेवा पुुग्न सक्छ ।’’

वडाले यसपटक लागत साझेदारीमा बारी जोत्नका लागि हाते ट्याक्टर, खोर्सानी र गोलभेडा खेतीका लागि टनेल लगायतका सामग्री वितरण गरेको दुुलालले जानकारी दिनुुभयो ।

यता कृषिलाई प्राथमिकता जिल्लाका पालिकाहरूले पनि किसानलाई आधुनिक कृषि औजारहरू उपलब्ध गराइरहेका छन् । पशुुपालन र कृषिलाई आवश्यक पर्ने साम्रगीहरू घाँस काट्न प्रयोग गरिने च्याप कटर, बारी जोत्न हाते ट्याक्टर, चिया टिप्ने मेसिन लगायतका सामग्री किसानहरूलाई वितरण गरिरहेका छन् । जिल्लाका सूूर्योदय नगरपालिकाले चिया टिप्ने मेसिन, च्यापकटर, हाते ट्याक्टर वितरण गरिरहेको छ । यस्तै रोङले हाते ट्याक्टर, धान रोप्ने मेसिन, च्याप कटर, मौरी पालनका लागि मौरीको घारलगायतका सामग्री किसानहरूलाई उपलब्ध गराएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुुमाया भुुजेलले बताउनुभयो ।

जिल्लाको दुुर्गम मानिने माङ्सेबुुङ गाउँपालिकाले पनि यसपटक किसानहरूका लागि लागेत साझेदारीमा बारी जोत्न हाते ट्याक्टर वितरण गरेको छ । बारी जोत्नै नपाएर जमिन बाँझो हुन थालेपछि विकल्पका रूपमा किसानलाई हाते ट्याक्टर उपलब्ध गराइएको माङ्सेबुुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुुभयो । माई नगरपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर किसानलाई आधुुनिक औजार तथा मेसिनहरू उपलब्ध गराइरहेका छन् ।

The post खेती योग्य जमिन बाँझो नराख्न किसानलाई आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register