नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मोहम्मद माजिद प्रवेजको उम्मेदवारी चार विद्यार्थी संगठनको गठबन्धन गठन

काठमाडौं। नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्। क्याम्पसमा आउँदो वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ। सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन्। नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ। यसबीच, नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल […]

Apr 17, 2025 - 11:30
 0
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मोहम्मद माजिद प्रवेजको उम्मेदवारी चार विद्यार्थी संगठनको गठबन्धन गठन

काठमाडौं।

नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।

क्याम्पसमा आउँदो वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ। सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन्। नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।

यसबीच, नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनबीच गठबन्धन बनेको छ। उक्त गठबन्धनमा अनेरास्ववियुले सभापति पदमा, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ।

नेविसंघले भने उक्त गठबन्धनलाई “आफूमाथि लक्षित गठबन्धन”को रूपमा व्याख्या गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register