अस्ट्रेलियामा बेरोजगारी दर बृद्धि

क्यानबेरा (अस्ट्रेलिया), ४ बैशाख । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको [...] The post अस्ट्रेलियामा बेरोजगारी दर बृद्धि appeared first on Jhapa Online.

Apr 17, 2025 - 17:00
 0
अस्ट्रेलियामा बेरोजगारी दर बृद्धि

क्यानबेरा (अस्ट्रेलिया), ४ बैशाख । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ ।

अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।

रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।

पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।

रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको छ ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ ।

रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अस्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताउनुभयो । रासस/सिन्ह्वा

The post अस्ट्रेलियामा बेरोजगारी दर बृद्धि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register