नेपालडाँडामा सवारी दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते 

 लमजुङ।  डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका १०, नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । काठमाडौंबाट लमजुङ तर्फ आइरहेको बा२ख ४०२२ नम्बरको माइक्रोेले आइतबार दिउसो १२ः१५ बजे बिपरीत दिशाबाट गइरहेको ग२६प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको […]

Apr 20, 2025 - 10:55
 0
नेपालडाँडामा सवारी दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते 

 लमजुङ। 

डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका १०, नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट लमजुङ तर्फ आइरहेको बा२ख ४०२२ नम्बरको माइक्रोेले आइतबार दिउसो १२ः१५ बजे बिपरीत दिशाबाट गइरहेको ग२६प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार स्कुटर चालक ४१ वर्षीय सुरेश श्रेष्ठ गम्भीर  घाईते भएका छन् । उनलाई उपचारका लागि  भरतपुर सिएमसि अस्पताल लगिएको छ । 

सोही दुर्घटनामा माइक्रोमा सवार मनाङ नासों गाउँपालिका ८ धारापानीको मन घलेको मृत्यु भएको छ । स्कुटर चालक र मइक्रोमा सवार १५ जना घाइते भएकोमा तीन जना चितवन रिफर गरिएको छ भने अन्यका लमजुङ र तनहुँमा उपाचार भइरहेको छ । 

माइक्रो चालक मानबहादुर घले तनहुँ स्थित प्रहरी चौकी पार्कोटको नियन्त्रणमा रहेको लमजुङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register