के तपाईंलाई थाहा छ, प्रयोगकर्ता नम्र भएर बोल्दा च्याटजीपीटीलाई लाग्छ करोडौंको खर्च
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल प्रयोग गर्दा सामान्य शिष्टाचारका शब्दहरूले पनि कम्पनीमाथि ठुलो आर्थिक भार पार्न सक्ने देखिएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले हालै यसबारे पुष्टि गरेका हुन् । गत साता एक प्रयोगकर्ताले मानिसहरू च्याटजीपीटीसँग नम्र भएर ‘प्लिज’ र ‘थ्याङ्क्यु’ भन्दा कति बिजुलीको खर्च थपिन्छ भनेर जिज्ञासा राखेका थिए । ती प्रयोगकर्ताले सोधेका थिए, “मानिसहरूले मोडेललाई ‘प्लिज’ (कृपया) र &l...

What's Your Reaction?






