विद्यालय कर्मचारीको गुनासो : माग पूरा गराउने भनेर आन्दोलनमा बोलाए, अहिले केही हात लागेन

काठमाडौं । काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएका विद्यालय कर्मचारीहरूले माग सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् । झण्डै एक महिना काठमाडौं बसेर आन्दोलन गरे पनि सम्झौतामा आफूहरूका लागि केही सहुलियत नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् । नेपाल शिक्षक महासङ्घले सबै माग पूरा गराउने भनेर आफूहरूलाई आन्दोलनमा बोलाइए पनि अहिले केही हात नपरेको भन्दै उनीहरूले […]

May 1, 2025 - 11:07
 0
विद्यालय कर्मचारीको गुनासो : माग पूरा गराउने भनेर आन्दोलनमा बोलाए, अहिले केही हात लागेन

काठमाडौं । काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएका विद्यालय कर्मचारीहरूले माग सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

झण्डै एक महिना काठमाडौं बसेर आन्दोलन गरे पनि सम्झौतामा आफूहरूका लागि केही सहुलियत नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।

नेपाल शिक्षक महासङ्घले सबै माग पूरा गराउने भनेर आफूहरूलाई आन्दोलनमा बोलाइए पनि अहिले केही हात नपरेको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।

‘सङ्घीय शिक्षा ऐन हातैमा लाउँछौँ भनेर हामी हुम्ला जुम्ला, मुगु कालिकोटबाट आएर काठमाडौंकेन्द्रित आन्दोलनमा आयौं । अहिले केही हात लागेन,’ एक कर्मचारीले गुनासो गरे, ‘शिक्षक नेताहरू राजनीतिक पार्टीको पक्षधर बन्दा शिक्षकहरूको आन्दोलन तुहियो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register