विशेषको फैसला विरुद्ध सर्वोच्चमा आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटर प्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी […]

May 5, 2025 - 14:40
 0
विशेषको फैसला विरुद्ध सर्वोच्चमा आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटर प्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी रु पाँच लाख ६० हजार रकम हिनामिना गरेको आयोगको दावी थियो ।

सो मुद्दामा विशेष अदालतले यही २०८१ वैशाख २४ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । उक्त फैसला कानुन सम्मत् नभएको दाबी गर्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register