मोहन बस्नेत : मन्त्री हुँदा अख्तियारमा बयान दिए, अहिले सांसद पद पनि निलम्बन

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । यससँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वत: निलम्बनमा परेको छ । यो प्रकरणमा अनुसन्धान सकिएको करिब २ वर्षपछि अख्तियाले मुद्दा दायर भएको हो […]

May 15, 2025 - 08:33
 0
मोहन बस्नेत : मन्त्री हुँदा अख्तियारमा बयान दिए, अहिले सांसद पद पनि निलम्बन

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । यससँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

यो प्रकरणमा अनुसन्धान सकिएको करिब २ वर्षपछि अख्तियाले मुद्दा दायर भएको हो । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले २०८० को १५ फागुनमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा यो प्रकरणको अनुसन्धान सकिएको बताएका थिए । तर, बहालवाला मन्त्रीविरुद्ध नै मुद्दा दर्ता गर्नुपर्ने अवस्था आएपछि आयोगले निर्णय गर्न सकेको थिएन ।

बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । भ्रष्टाचार निवारण ऐन- २०५८ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन- २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

मन्त्री हुँदै दिएका थिए बयान

बस्नेतले यस प्रकरणमा मन्त्री पदमा रहँदै बयान दिएका थिए । २५ माघ २०८० मा अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका थिए । त्यतिबेला उनी स्वास्थ्यमन्त्री थिए ।

भ्रष्टाचारको आरोपमा बहालवाला मन्त्रीले बयान दिएको अख्तियारको साढे चार दशकको इतिहासमा यो दुर्लभ घटना मानिएको थियो ।

बस्नेत २०७४ सालमा सञ्चारमन्त्री हुँदा ‘टेरामक्स प्रणाली’ खरिद सम्बन्धी विवादमा मुछिएका थिए । सुरुमा तत्कालीन सञ्चारमन्त्री शेरधन राईले टेरामक्स प्रविधिको विषय अध्ययनका लागि सहमति दिएका थिए ।

राईपछि साउन २०७४ मा सञ्चारमन्त्री नियुक्त भएका बस्नेतले टेरामक्सको योजना अगाडि बढाएका थिए ।

बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा, तीन अर्ब २१ करोड बढी बिगो

बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई पनि आरोपपत्रमा प्रतिवादी बनाइएको छ ।

दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

टेरामक्स प्रकरण : सांसद बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register