जुडो टोली बङ्गालदेश प्रस्थान

काठमाडौं। बङ्गालदेश क्रिरा सिख्रा प्रोतिष्ठान बीकेएसपी जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । मे २५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले […]

May 22, 2025 - 10:08
 0
जुडो टोली बङ्गालदेश प्रस्थान

काठमाडौं। बङ्गालदेश क्रिरा सिख्रा प्रोतिष्ठान बीकेएसपी जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

मे २५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान तिखत्री रहेका छन् ।

महिला ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ छन् ।

सहभागी १२ खेलाडी मध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित ५ जना बन्दी सहायता नियोग पाम का हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register