म माथि राजनीतिक पूर्वाग्रहप्रेरित षड्यन्त्र भयो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीति पूर्वाग्रहप्रेरित षड्यन्त्र भएको बताएका छन् । संसद भवनमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउको विषय जोडेर आफूबारे निर्माण भएका धारणा असत्य रहेको उनले बताए । ‘म सबैभन्दा पहिले यो जसरी संलग्नता देखाएर समाचार […]

May 28, 2025 - 12:29
 0
म माथि राजनीतिक पूर्वाग्रहप्रेरित षड्यन्त्र भयो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीति पूर्वाग्रहप्रेरित षड्यन्त्र भएको बताएका छन् । संसद भवनमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउको विषय जोडेर आफूबारे निर्माण भएका धारणा असत्य रहेको उनले बताए । ‘म सबैभन्दा पहिले यो जसरी संलग्नता देखाएर समाचार र धारणा अभिव्यक्त भएका छन् । असत्य कुरा हो । कुनै संलग्नता छैन । मलाई मेरा विरूद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण गरिएको छ,’ उनले भने ।

संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसबारे छानबिन जारी राखेकाले त्यसलाई सघाउ गर्ने उनले बताए । प्रतिपक्षी दलले संसदमा अवरोध कायम राखेपछि संसदमा उनले जवाफ दिन पाएका थिएनन् ।  त्यसपछि उनले पत्रकार सम्मेलन गरेका हुन् ।

तीर्थराज भट्टराईलाई आफुले नल्याएको बताएका छन् । आफु गृहमन्त्री हुँदा नै उनी मन्त्रालयमा कार्यरत रहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register