प्रवेश पत्र नभेट्दा रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद

काठमाडौं । जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ । आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । केही विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि विद्यार्थीहरुले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए । यादवले क्याम्पस प्रमुख वसन्त कर्णलाई प्रवेश पत्रबारे सोध्दा उनले […]

Jun 20, 2025 - 10:26
 0
प्रवेश पत्र नभेट्दा रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद

काठमाडौं । जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ । आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ ।

केही विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि विद्यार्थीहरुले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए । यादवले क्याम्पस प्रमुख वसन्त कर्णलाई प्रवेश पत्रबारे सोध्दा उनले गैरजिम्मेवारीपूर्वक जवाफ दिएको विद्यार्थीहरुको आरोप छ ।

क्याम्पस प्रमुखको जवाफले आक्रोशित बनेका विद्यार्थीहरुले क्याम्पस प्रमुखसँग विवाद गर्न लागेपछि प्रमुखले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरुलाई गालीगलौच गरेको विद्यार्थीहरुको आरोप छ । त्यसपछि विवादले झनै उग्ररुप लिएको थियो । सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले स्ववियू सभापति मनिष यादव र नेता चमनप्रसाद गोइतलाई पक्राउ गरेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार प्रहरीले विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरेपछि पक्राउ गर्नुपरेको हो ।

पक्राउको विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । अहिले जिल्ला प्रशासन कार्यालय अगाडि विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन् ।

यता क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेशपत्र काठमाडौंबाटै आउन ढिलाइ भएकाले प्रवेशपत्र बाँड्न अबेर भएको प्रतिक्रिया दिएका छन् । -नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register