बाढीले बगायो थोपल खोलाको पुल

धादिङ । धादिङको उत्तरी क्षेत्रसँग सदरमुकाम धादिङबेसी सम्पर्क विच्छेद भएको छ। धादिङबेसी तिप्लिङ सडक अन्तर्गतको पुछार बजारमा रहेको एक मात्र कजवे पुल बाढीले बगाएपछि सम्पर्क विच्छेद भएको हो । आइतबार साँझदेखि परेको अविरल वर्षाले थोपलखोलामा आएको बाढीका कारण पशुपति मन्दिर क्षेत्रको भाग बगाएपछि सम्पर्क विच्छेद भएको स्थानीय मिलन भण्डारीले बताए। वर्षाका कारण उत्तरी धादिङतिर जाने […]

Aug 27, 2024 - 06:29
 0
बाढीले बगायो थोपल खोलाको पुल

धादिङ ।

धादिङको उत्तरी क्षेत्रसँग सदरमुकाम धादिङबेसी सम्पर्क विच्छेद भएको छ। धादिङबेसी तिप्लिङ सडक अन्तर्गतको पुछार बजारमा रहेको एक मात्र कजवे पुल बाढीले बगाएपछि सम्पर्क विच्छेद भएको हो ।

आइतबार साँझदेखि परेको अविरल वर्षाले थोपलखोलामा आएको बाढीका कारण पशुपति मन्दिर क्षेत्रको भाग बगाएपछि सम्पर्क विच्छेद भएको स्थानीय मिलन भण्डारीले बताए।

वर्षाका कारण उत्तरी धादिङतिर जाने सडकको ठाउँ ठाउँमा पहिरो आएको छ।  सडकमाथिबाट बाढी र पहिरो आएपछि दार्खा, झार्लाङ, लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानमा एक महिनादेखि नै सडक बन्द भएपछि सो क्षेत्रका मानिसहरू पैदल हिँडेर आवत जावत गर्न बाध्य छन् ।

पृथ्वी राजमार्गको धादिङ खण्डको मौवाखोला नौबिसे क्षेत्रमा एक सय भन्दा बढी ठाउँमा पहिरो गएको छ। घाटबेसी, बन्छेटार, बैरेनी, महेशदोभान, आदी क्षेत्रमा पहिरो आएको छ भने धेरै स्थानहरूमा लेदो भरिएर यातायात अवरुद्ध  भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register