लेबनानमाथि इजरायलको भीषण आक्रमण, हिजबुल्लाहले भन्यो – अब युद्ध सुरु भयो

काठमाडौं । इजरायल र लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ । इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा भीषण बमबारी सुरु गरेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ । लेबनानमा भएका पेजर र वाकीटकी विष्फोटसँगै हिजबुल्लाहले कडा प्रतिक्रिया दिने अनुमान गरिएको थियो । उसका नेता हसन नसरुल्लाहले बिहीबार बेलुका […]

Sep 19, 2024 - 18:16
 0
लेबनानमाथि इजरायलको भीषण आक्रमण, हिजबुल्लाहले भन्यो – अब युद्ध सुरु भयो

काठमाडौं । इजरायल र लेबनानमा सक्रिय अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्धको सम्भावना बढेको छ ।

इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा भीषण बमबारी सुरु गरेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ ।

लेबनानमा भएका पेजर र वाकीटकी विष्फोटसँगै हिजबुल्लाहले कडा प्रतिक्रिया दिने अनुमान गरिएको थियो ।

उसका नेता हसन नसरुल्लाहले बिहीबार बेलुका सार्वजनिक सम्बोधन गर्दै यसलाई युद्धको घोषणा भनेका छन् ।

उनले सम्बोधन गरिरहँदा इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरिरहेको थियो ।

नसरल्लाहले इजरायलसँगको हिसाब छिट्टै चुक्ता गर्ने चेतावनी दिएका छन् । इजरायलले हिजबुल्लाहका अखडामा बमबारी गरेको जनाएको छ ।

यस्तै इजरायलले लेबनानसँगको सीमाक्षेत्रमा भएको झडपमा आफ्ना दुई सैनिक मारिएको बताएको छ । हिजबुल्लाहको आक्रमणमा उनीहरु बिहीबार मारिएका हुन् ।

मंगलबार र बुधबार भएका पेजर र वाकीटकी बिष्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । ३५ सयभन्दा धेरै घाइते भएका छन् ।

हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ । उसँग करिब १ लाख रकेट भएको अनुमान छ ।

यी पनि पढ्नुहोस :

डिभाइस बम आक्रमणपछिको लेबनान : अधिकांश घाइतेले गुमाए औंला, मोबाइल नजिक जान डराउँछन् नागरिक

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

हिजबुल्लाह के हो ? यसका लक्ष्यहरू के के हुन् ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register