सेयर बेचेर गाडी किन्ने कि, गाडी बेचेर सेयर किन्ने ? को पछुताउला ? कसले जित्ला ? (भिडियो ब्रिफिङ) 

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । नयाँ गाडी भित्र्याउने, नयाँ गाडी लन्च गर्ने कुम्भमेलाका रुपमा चल्ने यो मेलामा यसपालि गाडी भन्दा बढी चर्चा सेयर बजारको छ । हुन त अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि चलायमान भएको भनेको नै अटो व्यवसाय र सेयर बजार हो । बजारमा पैसा कमाएकाहरुले सेयर किनिरहेको तथ्य […]

Aug 28, 2024 - 05:51
 0
सेयर बेचेर गाडी किन्ने कि, गाडी बेचेर सेयर किन्ने ? को पछुताउला ? कसले जित्ला ? (भिडियो ब्रिफिङ) 

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । नयाँ गाडी भित्र्याउने, नयाँ गाडी लन्च गर्ने कुम्भमेलाका रुपमा चल्ने यो मेलामा यसपालि गाडी भन्दा बढी चर्चा सेयर बजारको छ ।

हुन त अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि चलायमान भएको भनेको नै अटो व्यवसाय र सेयर बजार हो । बजारमा पैसा कमाएकाहरुले सेयर किनिरहेको तथ्य एकातिर र महँगो गाडी बेचेर बरु सस्तो चढ्ने अनि पैसा बजारमा लगाउने अर्को वर्गको बजार र गाडी प्रेम दुवै हुँदा पनि नाडा अटो शोमा सेयर बजारको चर्चा बढेको छ । र त नाडा अटो शोमा बोल्ने वक्ताहरुलेसमेत सेयर बजार अटो व्यवसायलाई जोडेर बोलेका छन् । 

उदाहरण मंगलबार नाडा अटो शोको उद्‌घाटन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अटो मोबाइल र सेयर बजार क्षेत्रलाई सुदृढ बनाउन नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । उनले पछिल्लो केही समययता अटो मोबाइल र सेयर बजार चलायमान भए पनि थप नीतिगत सुधार आवश्यक भएको बताएका छन् । 

आखिर सेयर बजार र अटो व्यवसायमा के सम्बन्ध छ ? नाडा अटो शोमा गाडी किन्नका लागि ट्रेडरहरुले सेयर बेचिरहेको तथ्यमा सत्यता छ ? थप भिडियो हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register