सामाजिक संजालमार्फत सेयर बजार प्रभावित पार्नेहरुलाई सरकारले नछोड्ने अर्थमन्त्रीको दाबी !

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक संजालमार्फत सेयर बजार प्रभावित पर्नेहरुलाई सरकारीले कडा कारवाही गर्ने बताएका छन् । बुधबार नेप्सेको कार्यलय पुगेका अर्थमन्त्रीले यस्तो बताएका हुन् । उनले सामाजिक संजालमा लाइभ बसेर लगानीकर्तालाई निश्चित कम्पनीको सेयर किन्न वा बेच्न प्रेरित गर्नेलाई सरकारले कारवाही गर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङ र कर्नरिङबारे […]

Sep 18, 2024 - 12:32
 0
सामाजिक संजालमार्फत सेयर बजार प्रभावित पार्नेहरुलाई सरकारले नछोड्ने अर्थमन्त्रीको दाबी !

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक संजालमार्फत सेयर बजार प्रभावित पर्नेहरुलाई सरकारीले कडा कारवाही गर्ने बताएका छन् । बुधबार नेप्सेको कार्यलय पुगेका अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

उनले सामाजिक संजालमा लाइभ बसेर लगानीकर्तालाई निश्चित कम्पनीको सेयर किन्न वा बेच्न प्रेरित गर्नेलाई सरकारले कारवाही गर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङ र कर्नरिङबारे नेप्सेका अधिकारीसँग प्रश्न गरेका थिए । ‘इन्साइडर ट्रेडिङकाे विषय, कर्नरिङकाे विषय र सामाजिक सञ्जालमा बजारलाई घटाउने प्रवृत्तिले कति काम गरेकाे छ?,’ उनले प्रश्न गरे ।

अर्थमन्त्रीले अहिलेको प्रणालीमा सेयर कारोबारको गोपनीयता आवश्यक रहेको बताउँदै सामाजिक संजाल प्रयोग गरी इन्साइडर ट्रेडिङ र जालझेल भएको कुरा पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register