इंग्लिस च्यानल पार गरी कति आउँछन् बेलायतमा गैरकानूनी आप्रवासी ?

लन्डन- गैरकानूनी रुपमा जोखिमपूर्ण यात्रा गर्दै डुंगाहरुमा इंग्लिस च्यानल पार गरेर बेलायत भित्रिने आप्रवासीहरु बेलायतको लागि टाउको दुखाई बनेका छन्। इमिग्रेसन नियन्त्रणलाई आफ्नो मूल प्राथमिकता बनाएको बेलायतका लागि यसरी डुंगामा भित्रिने गैरकानूनी आप्रवासीहरुलाई रोक्नु कठिन चुनौति बनेको छ । सेप्टेम्बर १५ सम्म मात्रै यस वर्ष जम्मा २३ हजार ५ सय ३३ जना आप्रवासी यही गैरकानूनी […]

Sep 17, 2024 - 16:02
 0
इंग्लिस च्यानल पार गरी कति आउँछन् बेलायतमा गैरकानूनी आप्रवासी ?


लन्डन- गैरकानूनी रुपमा जोखिमपूर्ण यात्रा गर्दै डुंगाहरुमा इंग्लिस च्यानल पार गरेर बेलायत भित्रिने आप्रवासीहरु बेलायतको लागि टाउको दुखाई बनेका छन्।

इमिग्रेसन नियन्त्रणलाई आफ्नो मूल प्राथमिकता बनाएको बेलायतका लागि यसरी डुंगामा भित्रिने गैरकानूनी आप्रवासीहरुलाई रोक्नु कठिन चुनौति बनेको छ ।

सेप्टेम्बर १५ सम्म मात्रै यस वर्ष जम्मा २३ हजार ५ सय ३३ जना आप्रवासी यही गैरकानूनी बाटोबाट बेलायत छिरेको बीबीसीले उल्लेख गरेको छ । जुन संख्या सन् २०२३ को भन्दा बढी तर सन् २०२२ को भन्दा कम हो ।

सन् २०२३ को पूरा वर्षमा जम्मा २९ हजार ४ सय ३७ जना आप्रवासी डुंगा चढेर गैरकानूनी रुपमा बेलायत भित्रिएका थिए । जुन संख्या अघिल्लो वर्ष सन् २०२२ मा ४५ हजार ७ सय ५५ थियो ।

सन् २०१८ पछि मात्रै यो बाटोबाट बेलायत प्रवेश गर्नेहरुको संख्या १ लाख ३५ हजार छ।

जोखिमपूर्ण यात्रा गर्दै डुंगामा बेलायत भित्रिन खोज्ने आप्रवासीमध्ये कयौंले ज्यान समेत गुमाउने गरेका छन् ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेश्नल अर्गानाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार सन् २०१८ यता १ सय ९४ जनाले इंग्लिस च्यानल पार गर्ने क्रममा ज्यान गुमाएका छन् । सन् २०२४ को हालसम्ममा मात्रै ४७ जनाले यसरी ज्यान गुमाइसकेका छन् ।

बेलायत सरकारले इमिग्रेसन नियन्त्रणमा कडाइ गर्दै लगेपनि गैरकानूनी आप्रवासीहरुको आगमनमा भने अपेक्षित नियन्त्रण हासिल हुन सकिरहेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register