नाडा अटो शोमा सीजी मोटर्सका चार नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौँ ।  नाडा अटो शो २०८१ लाई लक्षित गरी सी.जी. मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो । सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, […]

Aug 28, 2024 - 06:55
 0
नाडा अटो शोमा सीजी मोटर्सका चार नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौँ ।  नाडा अटो शो २०८१ लाई लक्षित गरी सी.जी. मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो ।

सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपिङ, रिडार र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो । यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ । यसपालीको नाडा अटो शो मा सी.जी. मोटर्सका नेटा, एक्सपिङ, अवतार, एओन, रिडार, सीजी केवाईसी, किङ्गलङ र हिरो गरी ८ वटा स्टल रहेका छन् ।

सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ । अवतारको अवतार११ मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो । अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी च्याङ्योङ, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी क्याटलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो ।

अवतार११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि. हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ । अवतार११ मा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोपावर र ११६ कलोपावरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरुले‌ नाडा अटो शो को स्टल नम्बर एच१३ मार्फत थप जानकारी पाउन सक्नेछन् ।

नाडा अटो शो को स्टल नम्बर जी१२ मा रहेको एक्सपिङ, सी.जी. मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो । एक्सपिङको जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ । १९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपिङ जी६ ले २१५ किलोवाटसम्मको डि.सि. फास्ट चार्ज सपोर्ट गर्छ भने १०% बाट ८०% सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ ।

त्यसैगरी नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो रिडार ।  नाडा अटो शो को स्टल नम्बर ए९ मा रहेको रिडारले नेपाली बजारमा रिडार आरडी६ सार्वजनिक गरेको हो । ६३ किलोपावरको ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको रिडार आरडी६ ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको अपार सफलता पश्चात नेटाले नयाँ मोडल, नेटा एक्स नाडा मार्फत सार्वजनिक गरेको छ । नेटा एक्स स्टल नम्बर ए३ मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट नेटा एक्सको अनुभव लिन सक्नेछन् । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित नेटा एक्स मा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ । क्याटलको ब्याट्री जडित नेटा भीलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ ।

त्यसैगरी स्टल नम्बर बि५ मा रहेको एओनले नाडा लाई लक्षित गरी एओन वाई, एओन भी, हाइपर र हाइपर एचटि प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बर एम१३ बाट हेरो मार्फत सी.जी. मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ । उक्त स्टलमा हिरो को करिज्म एक्सएमआर, एक्स-प्लस प्रो २०० ४भी, एक्सट्रिम १६० आर४, एक्सट्रिम १२५आर र जुम ११० प्रदर्शनमा रहेका छन् ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सी.जी. मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर जे१ मा प्रदर्शनमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register